२७ कार्तिक २०८३, शुक्रबार Saturday, 14 November 2026
हामीलाई पछ्याउनुहोस्
२७ कार्तिक २०८३, शुक्रबार 2:46 am
Banner

३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ : गृहमन्त्री गुरुङ

सूचना प्रेस २०८२ चैत्र २२ आइतबार ००:००, ०८:३५ बजे १ मिनेट पढाइ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले ३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको टिप्पणी गरेका छन् । आज विहान सामाजिक सञ्जालमा स्टाटस राख्दै गृहमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्,‘३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई लगाइदिएको रहेछ ।’ गृहमन्त्री गुरुङले शपथ लिएदेखि पूर्वप्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकलगायत पक्राउ परेका छन् ।

हिजोपनि काठमाडौं उपत्यकाका छुट्टाछुट्टै ठाउँबाट गुन्डागर्दीमा संलग्नको आरोपमा विभिन्न व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।