बैठकमा एमाले नेता तथा इञ्चार्ज राजेन्द्र गौतमले जागरण सभाको महत्व देशभरका जनतामाझ स्थापित गराउन प्रेस चौतारीको निर्णयक भूमिकाको अपेक्षा गरिएको बताउनु भयो। सोही अनुसार काम गर्न पनि उहाँले निर्देशन दिनुभएको छ।
बैठकमा प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले संगठन र पार्टीको काममा कँही कतै नभेटिने तर नेताको वरिपरि घुमेर संगठनको नेता बनिरहने प्रबृत्ति मौलाएको भन्दै अव कडाईका साथ प्रस्तुत हुने बताउनु भएको छ । महासचिव लामाले दिनुभएको जानकारीअनुसार अध्यक्ष बस्नेतले पार्टी र संगठनको काममा नभेटिनेहरुलाई अव संगठनबाट बिदा गर्ने योजनासमेत सुनाउँदै जागरणसभामा अनिवार्य उपस्थित हुन र गराउन निर्देशन दिनुभएको छ।
यस्तै उहाँले निर्वाचन र आन्दोलनको बेला भाउ खोज्ने र बहानाबाजी गरेर आफ्नो स्वार्थपुर्तिमा लाग्नेहरु अव संगठनबाट बिदा हुनका लागि तयार रहनुपर्ने निश्कर्षसमेत सुनाउनु भएको थियो।
बैठकमा केन्द्रीय कमिटीका सदस्यसहित बागमति प्रदेश, उपत्यका प्रदेश र प्रतिष्ठान प्रदेश र एशोसियट प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज र अगुवा नेताहरुको उपस्थिति रहेको थियो।