काठमाडौं । काठमाडौँको कुलेश्वरस्थित गौतमश्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना आरोपमा व्यवस्थापकसहित पाँचजना पक्राउ परेका छन् ।
प्रहरीले व्यवस्थापक रवीन बिष्टसहित ५ जनालाइ प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरको फिदिम नगरपालिका–४ घर भएका ४१ वर्षीय बिष्ट, अध्यक्ष इमानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, प्रमुख कार्यकारी अधिकृत अविन कुमार राई र पूर्वलेखा सदस्य कर्णबहादुर राई छन्।
उनीहरूले सहकारीको सवा अर्ब रुपैयाँभन्दा बढी रकम अपचलन गरेको खुलेको छ ।
सहकारीले बचतकर्ताको मुद्दती र बचत खातामा रहेको करिब १ अर्ब ७५ करोड रुपैयाँ फिर्ता नगरेपछि १ हजार १ सयभन्दा बढी बचतकर्ताले सहकारी विभागमा उजुरी दिएका थिए।


