काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । शुक्रबार सभामुख पदमा उम्मेदवारी दर्ताका लागि तोकिएको समयमा अर्यालको मात्रै एकल उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले सभामुख पदमा एकमात्रै उम्मेदवारी परेकाले चैत्र २२ गते बस्ने प्रतिनिधिसभा बैठकले अर्याललाई निर्विरोध निर्वाचित भएको घोषणा गर्ने जानकारी दिए ।
त्यसअघि शुक्रबार तोकिएको समयमा अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका थिए । अर्यालको उम्मेदवारीको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् ।


