१ जेष्ठ २०८३, शुक्रबार 1778900802
Banner

नेपाली उत्पादनलाई चीनको बजारमा प्रवर्धन गर्न मन्त्री राणाको निर्देशन

काठमाडौँ । चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणाले नेपाली उत्पादनलाई चिनिया बजारमा प्रवर्धन गर्न मातहतलाई निर्देशन दिएकी छन्। मन्त्री राणाले छेन्दुस्थित नेपालको महावाणिज्य दूतावासका कर्मचारीलाई चिया, कफी, जडिबुटीजस्ता नेपाली उपजलाई चिनिया बजारमा पुर्याउनका लागि सहजीकरण गर्न निर्देशन दिएकी हुन्।

कर्मचारीसँगको अन्र्तक्रियामा मन्त्री राणाले नेपाल भ्रमण वर्ष २०२५ लाई सफल बनाउन पर्यटन प्रवर्धनका लागि आग्रह गरिन्। चीनसँगको द्विपक्षीय सम्बन्ध स्थापना भएको ७० औं वर्षगाँठलाई जनस्तरमा सुदृढ गराउन दूतावासले भूमिका खेल्नु पर्नेमा उनले जोड दिएकी छन्।

मन्त्री राणा प्रधानमन्त्रीको आसन्न भ्रमणको तयारीस्वरुप हिजो छेन्दु पुगेकी हुन्। आजै उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन्। उनी भोलि स्वदेश फर्किने कार्यतालिका छ।