४ आश्विन २०८१, शुक्रबार 1726834462
पालिका

प्यानलसहित हामी चुनाव जित्छौँ

काठमाडौं । एमालेबाट काठमाडौं महागरपालिका– २४ मा वडाध्यक्षका उम्मेदवार सुजन विलास बज्राचार्यले यही बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा एमालेले प्यानलसहित चुनाव जित्ने बताउनुभएको छ ।

एमाले काठमाडौं जिल्ला कमिटीमा जिल्ला सदस्य समेत रहनुभएका उहाँले अघिल्लो निर्वाचनमा पुरै प्यानलसहित उक्त वडामा एमालेले चुनाव जितेको भन्दै अहिले पनि पुरै प्यानलले जित्ने दाबी गर्नुभयो ।

नेता बज्राचार्यले विगत एक दशकदेखि उक्त वडामा रहेर विभिन्न क्षेत्र तथा बिग्रेका मठमन्दिरमा विकास गरेकाले त्यस टोलका अग्रजहरु र पार्टीले विश्वास मानेर आफूलाई टिकट दिएको सुनाउँदै पार्टीप्रतिको विश्वास र जनताकाका चाहना गुम्न नदिने बताउनुभयो ।

पहिलो कार्यकालमा जनताहरुसमक्ष गरेका धेरै विकास निर्माणका कार्य पूरा गरेको भन्दै जनताको मत अहिले पनि एमालेलाई नै आउने उहाँले बताउनुभयो ।