४ आश्विन २०८१, शुक्रबार 1726825320
पालिका

पानी, बिजुली, बाटोघाटो ढलको व्यवस्थापन सँगै युवाको सहभागिता बृद्धिमा जोड दिन्छु

काठमाडौं । एमालेबाट काठमाडौं महागरपालिका– १९ का प्रत्यासी वडाध्यक्षका उम्मेदवार चन्द्रमान मुनिकारले यही बैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनमा आफुले चुनाब जित्ने दाबी गर्नुभएको छ ।

आफूले जनतासामु अघि सारेका विकासका योजना नै चुनाव जित्ने आधार भएको उहाँले बताउनुभयो । एमाले काठमाडौं क्षेत्र नं. ४ को सास्कृतिक संयोजक समेत भएर काम गरेका मुनिकारले उक्त वडा सांस्कृतिक सम्पदाले भरिएको भए पनि नदी किनारमा भएका कारण पिछडिएको बताउनुभयो । आफुले चुनाब जिते पाँचबर्षमा पानी, बिजुली, बाटोघाटो, ढलको व्यवस्थापन सँगै युवाको सहभागिता बृद्धिमा जोड दिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।