काठमाडौं । जाजरकोटको नलगाडमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । गएराति नलगाड नगरपालिका–३ बिरखोलामा ग ३ च ९८४५ नम्बरको जीप दुर्घटनामा हुँदा पाँच जनाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
दुर्घटनामा इन्द्रजित थापा, शारदा थापा, शिला पुन र लक्ष्मी पुन र उनका एक महिनाका छोरा आलोचनको मृत्यु भएको बताइएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा जीवन विक र जनक थापा छन् । प्रहरीका अनुसार जिप एक्कासी ब्रेक फेल भई सडकबाट अन्दाजी ७ सयदेखि ८ सय मिटर तल खसेर दुर्घटना भएको हो । जीपमा सात जना सवार थिए ।