४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 10:31 am
समाज

वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जना पक्राउ

सूचना प्रेस २०८१ मंसिर २८ शुक्रबार ००:००, १४:४९ बजे १ मिनेट पढाइ

काठमाडौँ ।  वैदेशिक रोजगारमा दुबई पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४६ वर्षीय मन्जित चित्रकार रहेका छन् । युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी दुबई लैजाने भन्दै लामो समयसम्म झुक्यानमा राखी सम्पर्क विहीन भएका उनलाई शुक्रबार काठमाडौँ महानगरपालिका १२ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनलाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।