४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 11:23 am
Banner

एमालेको सचिवालय बैठक बस्दै

सूचना प्रेस २०८१ पुस १० बुधबार ००:००, ०९:४६ बजे १ मिनेट पढाइ

काठमाडौं । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक आज बस्दैछ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि बैठक बस्ने एमालेले जनाएको छ । पूर्वनिर्धारित कार्यसूची अनुसार नै बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, सङ्गठन विस्तार योजनालगायत विषयमा छलफल हुने तय भएको छ । बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिबारे पनि छलफल गर्ने तयारी छ ।