४ आश्विन २०८१, शुक्रबार 1726834482
पालिका

मत माग्दै उम्मेदवार मतदाताका घरदैलोमा

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं ३१ का उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । अध्यक्षका उम्मेदवार सरोज ढकालका अनुसार घरदैलो अभियानले जनतामा छुटटै उत्साह थपिएको बताउनुभयो । ‘मतदाता उत्साहीत छन, हामी चुनाव जित्छौ ।’

उहाँले भन्नुभयो । घरदैलो अभियान अन्र्तगत आज काठमाडौं महानगरपालिक वार्ड न ३१ मिनभवन क्याम्पस एरिया क्षेत्रमा मत मागिएको थियो । घरदैलो अभियानमा एमाले प्रदेश सांसद गणेश दुलाल, नगरकमिटि सदस्य र स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।