२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 9:02 pm
समाचार

साढु दाइको घरमा पाहुना गएका चौधरी मृत फेला

सूचना प्रेस २०८१ पुस १८ बिहिबार ००:००, १०:०८ बजे १ मिनेट पढाइ

धनगढी । कैलालीमा एक जना व्यक्ति मृत भेटिएका छन् । घोडाघोडी नगरपालिका-७ परैचा बस्ने ४८ वर्षीय सोमन चौधरी बिहीबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराका अनुसार परैचामा साढु दाइ नाता पर्ने बुधराम चौधरीको घरको बरन्डामा उनी मृत भेटिएका हुन् । चौधरी बुधबार राति बुधरामको घर गएका थिए । तर, बिहान सुतेकै स्थानमा मृत भेटिएपछि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।