४ आश्विन २०८१, शुक्रबार 1726834874
पालिका

बुनपा १२ का मतदाताले भने, ‘काम राम्रो भएको छ भोट दिन्छौं’

काठमाडौं । नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ को अध्यक्षका उम्मेदवार शम्भु प्रसाद भटटराईका अनुसार घरदैलो अभियानले जनतामा छुटटै उत्साह थपिएको बताउनुभयो ।

‘मतदाता उत्साहीत छन, काम राम्रो भएको छ हामी भोट दिन्छौ ।’ भनेर जनताले उत्साह थपेका छन् उहाँले भन्नुभयो । घरदैलो अभियान अन्र्तगत आज बुनपा १२ को कपन बालकुमारी मन्दिर, दुर्गा मन्दिर, आदर्श नगरमा मत मागिएको थियो । घरदैलो अभियानमा नगरकमिटि सदस्य र स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।