४ आश्विन २०८१, शुक्रबार 1726834374
पालिका

चुनाब जितेपछि साझा व्यक्ति भएर काम गर्न मतदाताको सुझाव

काठमाडौं । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नं ५ का उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन् । महानगरपालिका वडा नम्बर ५ को अध्यक्षका उम्मेदवार वीरेन्द्र प्रजापतिका अनुसार घरदैलो अभियानले जनतामा छुटटै उत्साह थपिएको बताउनुभयो ।

‘मतदाता उत्साहीत छन, काम राम्रो भएको छ हामी भोट दिन्छौ ।’ भनेर जनताले उत्साह थपेका छन् उहाँले भन्नुभयो । घरदैलो अभियानमा मतदाताले बाटोपिच गर्ने, ढलको व्यवस्थापन, खानेपानीको काम सम्पन्न गर्न सुझाब दिएका छन् । मतदाताले वडाको विकास गर्न चुनाब जितेपछि साझा व्यक्ति भएर काम गर्न आग्रह गरेका छन् । घरदैलो अभियान हाँडीगाउबाट, चारनारायण हुँदै रुद्रमतीसम्म पुगेको थियो । अभियानमा प्रदेश सांसद एवं नेकपा एमालेका केन्द्रिय सदस्य नारायण सिलवाल, वडा सदस्यका उम्मेदवार, हरि वहादुर महर्जन, आरती सुनार, पञ्चमाया मूनिकार, शसी थापा, नगरकमिटि सदस्य र स्थानीय नेता कार्यकर्ताको सहभागिता रहेको थियो ।