३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:35 am
समाचार

ललितपुरको अवैध कल सेन्टरबाट ५३ जना पक्राउ

सूचना प्रेस २०८१ पुस २३ मंगलबार ००:००, ०९:३९ बजे १ मिनेट पढाइ

काठमाडौँ । ललितपुरको सातदोबाटोस्थित एक अवैध कल सेन्टरबाट ५३ जना पक्राउ परेका छन् । अनलाइनबाट जुवा खेलाएको आशङ्कामा केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी)ले उनीहरूलाई पक्राउ गरिएको हाे ।

सातदोबाटोस्थित भाडामा लिएको ४ तले घरबाट प्रोलिंक सोलुसन नामक कम्पनी दर्ता गरी जुवा खेलाएको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको सीआइबीका एसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा २९ महिला पनि रहेका छन् । ५३ जनामध्ये तीन जना भारतीय नागरिक हुन् ।