काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । पेट्रोलमा प्रति लिटर २, डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्य वृद्धि भएको निगमले जनाएको छ। बुधबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।
आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेशन (आइओसी) बाट बुधबार पेट्रोलमा २.२४ र डिजेलमा ३.५५ रुपैयाँ बढेर आएको छ । भारतबाट मूल्य बढेर आएपछि आज रातिदेखि लागू हुनेगरी नेपालमा मूल्य बढाइएको निगमले जनाएको छ ।
योसँगै अब पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेल र मट्टितेलको पहिलो वर्गमा १५३.५०, दोस्रोमा १५५ र तेस्रो १५६ रुपैयाँ कायम भएको छ ।
निगमले आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ। आइओसीले हरेक महिना १५ १५ दिनमा आयल निगमलाई मूल्य पठाउँछ।
आइओसीले पठाउने मूल्य अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले निगमलाई बिक्री मूल्य तय गर्छ। आइओसीले पठाउने मूल्य अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ। लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले निगमलाई बिक्री मूल्य तय गर्छ।