१३ श्रावण २०८३, बुधबार 1785389514
Banner

एमाले सडकमा एक्लै भए पनि चिन्ता छैन : शंकर पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुक र जनताको हित तथा बेथितिविरुद्ध संघर्ष गर्न एमाले एक्लै परे पनि चिन्ता नगर्ने बताएका छन्।

मंगलबार सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आवश्यक परे एमाले एक्लै सडकमा उत्रिने बताए। एमाले कहिले एक्लै त कहिले अन्य दलसँग सहकार्य गर्दै अघि बढ्दै आएको उनको भनाइ छ।

उनले भने ‘एमाले एक्लै भयो भनेर चिन्ता गर्दैन। हामीले जति छिटो समस्या बुझ्छौँ, अरूलाई त्यो बुझ्न समय लाग्न सक्छ। मुलुक लोकप्रियतावादको आवरणमा अधिनायकवादतर्फ उन्मुख भइरहेको छ।’ उनले सत्ता समर्थित पक्षले अराजक ढङ्गले लोकतन्त्रमा बोल्ने अधिकार नै कुण्ठित गर्न खोजिरहेको आरोप लगाए।