४ आश्विन २०८१, शुक्रबार 1726842531
राजनीति

एकीकृत समाजबादीबाट वडा अध्यक्ष पदको उम्मेदवार बनेका कोइराला एमाले प्रवेश

भक्तपुर । मध्यपुरथिमी नगरपालिका वडा न.१ मा नेकपा एकीकृत समाजबादी पार्टीबाट वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका शंकर कोइराला नेकपा एमाले प्रवेश गरेका छन् । उनी संगै वडा सदस्य पदका उम्मेदवार किरण श्रेष्ठले पनि एकीकृत समाजबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई एमाले भक्तपुर जिल्ला कमिटीका अध्यक्ष वचन देउजाले पार्टीमा स्वागत गरेका छन् । एमाले प्रवेश गर्ने भएपछि उनीहरूले नामावली फिर्ता गरेका थिए ।