२० कार्तिक २०८३, शुक्रबार Friday, 6 November 2026
हामीलाई पछ्याउनुहोस्
२० कार्तिक २०८३, शुक्रबार 9:44 pm
समाज

बागलुङ नगरपालिकाका सबै विद्यालय बन्द

सूचना प्रेस २०७८ पुस २८ बुधबार ००:००, १०:३३ बजे १ मिनेट पढाइ

बागलुङ – कोरोनाको तेस्रो भेरियन्ट (ओमिक्रोन) फैलिएको भन्दै बागलुङ नगरपालिकाले पुस २८ गतेदेखि माघ १५ गते सम्म नगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धनप्रसाद पोखरेलले मङ्गलबार एक सूचना जारी गर्दै नगरपालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न अनुरोध गर्नुभएको हो । पोखरेलले पूर्व निर्धारित परीक्षा पूर्ण सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।