४ आश्विन २०८१, शुक्रबार 1726853951
Banner

हामीले प्रचण्ड–माधव खोजेका छैनौं, उनीहरु भए चुनाव हारिन्छ : शंकर पोखरेल

काठमाडौ – नेकपा एमालेका महासचिव शंकर पोखरेले नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई नखोजेको बताउनुभएको छ ।

बिहीबार राजधानीमा पत्रकारहरुसँग कुरा गर्दै महासचिव पोखरेलले उनीहरुबाहेकका कार्यकर्तालाई जहिले पनि स्वागत गर्न सकिने भन्दै उहाँले प्रचण्ड र माधव नेपाल लिएर हिँडे चुनाव हारिने बताउनुभयो ।

उहाँले सत्ता पक्षले आचारसंहिताको उल्लंघन गर्दा निर्वाचन आयोगले पनि साथ दिएकोबताउनुभयो। उहाँले सत्ता पक्षधर र आयोगको व्यवहारका कारण चुनावको निष्पक्षतामाथि प्रश्न उठेको बताउनुभयो।

फरक प्रश्नमा उनले नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच नियमित संवाद भइरहेको बताउनुभयो । पोखरेलले पछिल्लो राजनीतिमा एमाले एकातिर र अरू अर्कोतिर ध्रुवीकृत भएको भन्दै स्थानीय तहको निर्वाचनमा एमाले एक्लै सफल भए अरु सबै वामपन्थी पार्टी एमालेमा आउने दाबी समेत गर्नुभयो । उहाँले नेकपा माओवादी केन्द्र राष्ट्रिय राजनीतिको केन्द्रमा नरहने उल्लेख गर्नभयो ।