२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:13 am
अर्थ

सुनको मूल्य सामान्य वृद्धि, तोलामा १ लाख ७० हजार ३०० पुग्यो

सूचना प्रेस २०८१ फाल्गुन ११ आइतबार ००:००, ११:०९ बजे १ मिनेट पढाइ

काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७० हजार कायम भएकोमा आइतबार ३०० रुपैयाँ बढेर १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने घटेको छ । शुक्रबार तोलामा १ हजार ९९० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।