४ आश्विन २०८१, शुक्रबार 1726877875
विश्व

पछिल्लो २४ घण्टामा ३ हजार ५ सय भन्दा धेरै भारतमा सङ्क्रमित

काठमाडौं- भारतमा पछिल्लो २४ घण्टाको समयावधिमा ३ हजार ५ सय ४५ व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।

यससँगै त्यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३० लाख ९४ हजार ९३८ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या पुनः केही दिनयता बढ्न थालेको छ । नयाँ सङ्क्रमितमध्ये १ हजार ३ सय ६५ राष्ट्रिय राजधानी दिल्लीका रहेका समाचारमा जनाइएको छ ।

हाल राजधानीमा पाँच हजार ७५६ सक्रिय सङ्क्रमित रहेका पनि बताइएको छ ।

यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप २७ को मृत्यु भएपछि देशभर कोरोनाबाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ५ लाख २४ हजार २ पुगेको छ ।

भारतभर अझै पनि सक्रिय सङ्क्रमित १९ हजार ६ सय ८८ रहेका पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही हप्तायताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।

२४ घण्टाको अवधिमा ३ हजार ५ सय ४९ जना कोरोनाबाट निको भएका छन् । यसैसँगै हालसम्म चार करोड २५ लाख ५१ हजार २५८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।