काठमाडौं । कृषि विकास बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा (अर्थ मन्त्रालय) को सहसचिव सेवन्तक पोखरेल नियुक्त भएका छन् ।

नेपाल सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार पोखरेललाई बैंकको सञ्चालक पदमा मनोनीत गरिएको हो । उनले २०८१ फागुन १६ गते सम्पन्न कृषि विकास बैंकको सञ्चालक समिति बैठक नम्बर ११४९ मा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।
पोखरेलको नियुक्तिसँगै बैंकको नेतृत्व थप मजबुत हुने विश्वास गरिएको छ । बैंकिङ तथा वित्तीय क्षेत्रमा उनको अनुभव र दक्षताले संस्थालाई अझ प्रभावकारी रूपमा अघि बढाउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।


