७ जेष्ठ २०८३, बिहिबार 1779360728
समाचार

एकै पटक ९२ उपसचिवको पदस्थापन र सरुवा

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै पटक ९२ उपसचिवहरूको पदस्थापना र सरुवा गरेको छ ।

सरकारले उपसचिवमा बढुवा भएका ३९ जनाको पदस्थापन र ५३ उपसचिवको सरुवा गरेको हाे । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै कार्यक्षमता मूल्याङ्कनका आधारमा उपसचिवमा बढुवा गरेका ३९ जनाको पदस्थापन गरेको हो ।

यस्तै विभिन्न मन्त्रालय, कार्यालय र निकायका कार्यरत ५३ उपसचिवको सरुवा गरिएको मन्त्रालयले जनाएको छ । उनीहरूमध्ये अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिमा समन्वय अधिकारिको रुपमा खटिएका छन् ।