४ आश्विन २०८१, शुक्रबार 1726841809
पालिका

काठमाडौं महानगरपालिका वडा न. ५ लाई समृद्ध बनाउने बिरेन्द्र प्रजापतिका यस्ता छन् योजना

काठमाडौं । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा बिरेन्द्र प्रजापति काठमाडौं महानगरपालिका वडा नं ५ को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । घरदैलो अभियानमा खटिनुभएका प्रजापतिले आफुले चुनाब जिते ५ बर्ष जनताको सेवामा समर्पित गर्ने बताउनुभएको छ ।

चुनाब जिते आफुले गर्ने कामको फेहरिस्त यस्ता छन् ।
वडावासीको लागि आवश्यक पर्ने व्यक्तिगत सिफारिस विना झन्झट तुरुन्त उपलब्ध गराउने ।
स्थानीय स्तरमा वडाको विस्तृत तथ्यांक र अभिलेख तयार गर्ने ।
सार्वजनिक स्थानमा परिचयात्मक बोर्ड राख्ने ।
स्वास्थ्य सर्वसाधरणको सहज पहुँचको लागि डाक्टर सहितको शहरी स्वास्थय क्लिनिक संचालन गर्न पहल गर्ने ।
५ वडाका सवै मार्गहरुलाई फोहोरमैलामुक्त बनाउन आवश्यक कार्यक्रम कार्यान्वयन गर्ने ।
वडाका सवै मार्ग र चोकमा १ बर्षभित्र विजुली बत्ति राखेर उज्यालो बनाउने ।
विकास निमार्णको लागि प्राप्त बजेट आवश्यकता अनुसार स्थानीय स्तरबाट अनुगमन गराई वार्षिक गतिविधि सार्वजनिक गर्ने ।
वडाका सवै चोकमा एक बर्षभित्र बिजुली बत्ति जडान गर्ने ।
वडामा हरियाली कायम राख्न प्रोत्साहन गर्ने ।
जेष्ठ नागरिक क्लब गठन गर्ने ।
पुस्तकालयको व्यवस्था गर्ने ।
खेलकुदमा रुची भएका युवाहरुका लागि तालीम र प्रोत्साहनको वातावरण बनाउने ।