४ आश्विन २०८१, शुक्रबार 1726834978
पालिका

नेतृत्व परिर्वतनसँगै वडामा परिर्वतन गरेर देखाउँछु : प्रेम थापा

काठमाडौं । यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा प्रेम थापा काठमाडौं महानगरपालिका वडा नं ३ को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ । घरदैलो अभियानमा खटिनुभएका थापाले आफुले चुनाब जिते ५ बर्ष जनताको सेवामा समर्पित गर्ने बताउनुभएको छ । घरदैलो अभियानमा रहनुभएका थापाले चुनाव जितेपछि ५ बर्षमा आफुले गर्ने कामको प्रतिबद्धता यस्ता छन् ।


वडा कार्यालयबाट प्रदान गरिने सेवा सुलभ, पारदर्शी अत्याधुनिक र प्रविधि मैत्री बनाउने
वडा कार्यालयबाट गर्ने प्रशासनिक एवं राजस्वसम्वन्धी कार्यहरु अनलाईन मार्फत नै सम्पन्न गर्ने
वडा कार्यालयका गतिविधि छिटो छरितो ढंगले सम्पन्न गर्ने
डिजिटल एपको विकास गर्ने
सूचना प्रविधि मैत्री वातावरणको प्रवद्र्धन गरी डिजिटल नेपालको अवधारलाई अंगिकार गरिनेछ
मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन विस्तार तथा नेपाल प्राधिकरणको बिजुलीका तार अण्डरग्राउण्ड गर्ने

भत्काइएका सडक तथा बाटोहरु पहिलो प्राथमिकतामा राखेर पक्की संरचनाको रुपान्तरण गर्ने
ज्येष्ठ नागरिक भक्ता, महिला, दलित अपांग, एकल महिला, पिछडिएका वर्गका नागरिकको भक्ता लगायतको सामाजिक सुरक्षाका कार्यहरुलाई अझ प्रभावकारी रुपमा सहज तवरले वितरणको प्रबन्ध गदै ज्येष्ठ नागरिकहरुको महानगरपालिकाबाट प्राप्त गदै आएको महानगर विशेष भक्ताको दायरा बिस्तार गदै रकम बृद्धि गर्ने
ज्येष्ठ नागरिकलाई सम्पर्क तथा बिश्रामको स्थलको व्यवस्था गर्ने
सडक लगायत भौतिक पुर्वाधारका समस्या सृजना भए ततकालै सूचना संकलन र समाधानको पहल गर्ने
वडाभित्र रहेका सार्वजनिक जग्गाको पहिचान गर्ने
ऐतिहासिक स्थल रानीबारी वन क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्रका रुपमा विकास गर्ने
वडाको चुनदेवी क्षेत्रलाई धार्मिक क्षेत्रका रुपमा विकास गर्ने