ब्यूनोस आयर्स ।अर्जेन्टिनाले राष्ट्रिय शोक घोषणा गरेको छ । हालै गएको विनाशकारी बाढीमा परेर १६ जनाको मृत्यु भएपछि आइतबार अबेर रात तीन दिने राष्ट्रिय शोक घोषित गरिएको हो । बहिआर ब्लाङ्का क्षेत्र र आसपासमा वर्षभरिमा पर्ने झरी केही घण्टाभित्रै परेपछि शुक्रवार एक्कासि सो क्षेत्र आसपासका खोला र नदीमा बाढी आएको थियो । बाढीमा एक वर्ष र पाँच वर्षकी दुई बालिका बगाएको बताइएको छ ।
तीनका आमाको भने उद्धार गरिएको छ । बाढीका कारण ४० करोड डलर बराबरको पूर्वाधार क्षति भएको बहिया ब्लाङ्काका मेयर फेदेरिको सुसबेइलेसले भनेका छन् । १६ जनाको मृत्युको पुष्टि भएको बेपत्ता भइरहेकाहरूको खोजी कार्य जारी रहेकोले यो सङ्ख्या बढ्छ सक्ने एक्समा एउटा पोष्टमा सुसबेइलेसले भने ।


