६ आश्विन २०८१, आइतबार 1727060690
Banner

देशभरि ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित

काठमाडौं । निर्वाचन आयोगले निर्विरोध निर्वाचित उम्मेदवारको विवरण सार्वजनिक गरेको छ।

यहि वैशाख ११ र १२ गते मनोनयन दर्ता गराउँदा निर्विरोध भएका उम्मेदवारको विवरण आयोगले शनिबार सार्वजनिक गरेको हो।

स्थानीय तहको निर्वाचन २०७९ मा देशभरि ३ सय ९० जना उम्मेदवार निर्विरोध निर्वाचित भएका आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।०७४ सालको स्थानीय तह चुनावमा ४ सय १२ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका थिए।