७ जेष्ठ २०८३, बिहिबार 1779398955
Banner

तस्विरमा हेर्नुहोस स्ववियु निर्वाचन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सामुदायिक क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान भइरहेको छ । विश्वविद्यालय क्याम्पसमा २१ सदस्यीय स्ववियु निर्वाचन हुनेछ । जसमा ११ प्रत्यक्ष र १० जना समानुपातिकबाट निर्वाचित हुनेछन् । विश्वविद्यालय क्याम्पसमा छ हजार एक सय ४६ मतदाता रहेका जनाइएको छ । यी मतदाताले मतदान गरी नेतृत्व चयन गर्नेछन् ।

त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मतदानका लागि लामबद्ध विद्यार्थीहरु । यहाँ सभापतिपदका लागि १४ जनाको उम्मेदवारी परेको छ । तस्बिर: हिमाल लम्साल / रासस
नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा मङ्गलबार स्ववियु निर्वाचनको लागि मतदान गर्न लामबद्ध विद्यार्थीहरु । तस्बिरःभेषराज बस्नेत/रासस

अहिले बिहान ८ः०० बजेदेखि ४६ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन सुरु भएको स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिनुभयो । उहाँले अधिकांश क्याम्पसमा मतदान सुरु भइसकेको बताउनुभयो । उहाँका अनुसार मतदान अपराह्न ४ः०० बजेसम्म हुने छ ।

म्याग्दी सदरमुकाम बेनीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनमा मतदान गर्दै सभापति पदका चार उम्मेदवारहरु । तस्बिर ः ः कमल खत्री / रासस

मतदानलगत्तै क्याम्पसमा गठन गरिएको निर्वाचन समितिले मतगणना आजै साँझदेखि हुने उहाँले बताउनुभयो । त्रिविले प्रत्येक दुई–दुई वर्षमा स्ववियु निर्वाचन गर्दै आइरहेको छ । निर्वाचनका लागि राजनीतिक दल निकटका विद्यार्थी सङ्गठन अनेरास्ववियु, नेपाल विद्यार्थी सङ्घ, अनेरास्ववियु ९क्रान्तिकारी०, अनेरास्ववियु, स्वतन्त्र विद्यार्थी समूहलगायतले भाग लिएका छन् ।

नेपाल कमर्स क्याम्पस मिनभवनमा मङ्गलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा मतदान गर्न लामबद्व विद्यार्थीसँग मत माग्दै उम्मेदवार । । तस्बिर : हरिराम भेटुवाल / रासस

स्ववियु निर्वाचन २०६५ सालदेखि भने नियमित हुनसकेको थिएन । एकैपटक २०७३ चैत १५ गते निर्वाचन भएको थियो । त्यसपछि २०७९ चैत ५ गते देशभरि नै केही क्याम्पसबाहेक सम्पन्न भएको थियो । त्रिविमा २०१८–१९ देखि प्रत्यक्ष प्रणालीबाट निर्वाचन हँुदै आएकामा २०३० सालसम्म प्रत्येक वर्ष र २०३६ सालदेखि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन थालेको हो ।

नेपाल कमर्स क्याम्पस मिनभवनमा मङ्गलबार भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनमा मतदान गर्न लामबद्व विद्यार्थी । तस्बिर : हरिराम भेटुवाल / रासस
सङ्खुवासभाको सदरमुकाम खादबारीमा रहेको बरुण बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मतदान गर्दै विद्यार्थी । जिल्लाका तीन क्याम्पस आज मतदान हुँदै छ । तस्बिर स् भविन कार्की / रासस