२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 9:17 am
राजनीति

मुख्यमन्त्री शाह र प्रधान सेनापति सिग्देलबीच भेट

सूचना प्रेस २०८१ चैत्र ६ बिहिबार ००:००, १४:३१ बजे १ मिनेट पढाइ

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलबीच आज धनगढीमा भेटवार्ता भएको छ । भेटमा दुवैबीच सुदूरपश्चिम प्रदेशमा धार्मिक पर्यटन विकासको विषयमा छलफल भएको मुख्यमन्त्री शाहका प्रेस तथा जनसम्पर्क सल्लाहकार डम्मर बमले जानकारी दिनुभयो ।

मुख्यमन्त्री शाहले सुदूरपश्चिमलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने बताउनुभएको थियो । भूतपूर्व सैनिक सम्मेलनमा सहभागी हुन सुदूरपश्चिमको कैलाली पुग्नुभएका सेना प्रमुख सिग्देलले मुख्यमन्त्री निवास पुगेर भेटवार्ता गर्नुभएको हो । सुदूरपश्चिम पृतना हेडक्वार्टर कैलालीमा आज भूतपूर्व सैनिक सम्मेलन भइरहेको छ ।