४ आश्विन २०८१, शुक्रबार 1726842182
पालिका

७ नम्बर वडालाई समृद्ध बनाउन मेरो उमेदवारी

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन आउन अब ५ दिन मात्र बाँकी छ । ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा कृष्णमणी भट्टराई काठमाडौं महानगरपालिका वडा नं ७ को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

घरदैलो अभियानमा खटिनुभएका भटटराईले आफुले चुनाब जिते शिक्षा, स्वास्थय, पार्किङ्गको व्यवस्थापन र सम्पदाको संरक्षण गर्नु पहिलो दायित्व भएको बताउनुभयो । अव्यवस्थित पार्किङ्गको व्यवस्थापनसँगै छाडा छोडिएका कुकुरको व्यवस्थापनमा ध्यान दिने उहाँले बताउनुभयो ।

चुनाव जिते वृद्धवृद्धा र बालवालिकाका लागि विशेष व्यवस्था गर्ने उहाँले बताउनुभयो । सार्वजनिक जग्गामा ज्येष्ठ नागरिक पार्क, सुविधासम्पन्न वडा बनाउने योजना छ, उहाँले भन्नुभयो । काठमाडौंको फोहोर व्यवस्थापन गर्दै हरियाली प्रबद्र्धनका लागि जोड दिने भट्टराईले बताउनुभयो । विकास र समृद्धिका लागि काठमाडौं ७ मा आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।