४ आश्विन २०८१, शुक्रबार 1726846202
पालिका

वडावासी बिजयको माला पहिरयाउन आतुर छन्

काठमाडौं । आसन्न स्थानीय तहको निर्वाचन आउन अब ५ दिन मात्र बाँकी छ । ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा प्रेम थापा काठमाडौं महानगरपालिका वडा नं ३ को वडा अध्यक्षको उम्मेदवार हुनुहुन्छ ।

घरदैलो अभियानमा खटिनुभएका थापाले आफुले चुनाब जिते वडामा छिटो सेवा दिने, सुसाशन कायम गराउने , भष्टाचार नियन्त्रण गर्ने, शिक्षा, स्वास्थय, रोजगारीका बिषय पहिलो प्राथमिकता रहने बताउनुभएको छ । खानेपानी समस्याको समाधान, वाटोघाटो, ढलको व्यवस्थापनमा जोड दिने उहाँले बताउनुभयो । साथै सरकारी र निजि अस्पतालको विकासमा पहल गर्ने र १० हजार बिरुवा सामाखोसी खोलाको तिरमा लगाउने उहाँले बताउनुभयो ।

वडाको छुटटै पहिचान गरि सम्पदाको संरक्षण गर्नु पहिलो दायित्व भएको उहाँले बताउनुभयो । वडावासीकै चाहना अनुसार विकास निमार्णको कार्ययोजना बनाउनेछौ उहाँले भन्नुभयो । विकास र समृद्धिका लागि काठमाडौं ३ मा आफूले उम्मेदवारी दिएको उहाँले बताउनुभयो ।