४ मंसिर २०८३, शुक्रबार Friday, 20 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 8:37 am
Banner

नहरमा डुबेर दुई जनाको मृत्यु

सूचना प्रेस २०८१ चैत्र १६ आइतबार ००:००, ०६:०६ बजे १ मिनेट पढाइ

अर्घाखाँची, १६ चैतः जिल्लाको भूमिकास्थान नगरपालिका झिमरुक नदी र छिर्लिङ्ग खोलाको दोभानको नहरमा पौडी खेल्दा डुबेर दुई युवकको मृत्यु भएको छ ।

भुमिकास्थान–१० धनचौर पुयापाटाका १९ वर्षीय दिलिप नेपाली र सोही स्थानका १७ वर्षीय अशोक नेपालीको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।