४ मंसिर २०८३, शुक्रबार Saturday, 21 November 2026
हामीलाई पछ्याउनुहोस्
४ मंसिर २०८३, शुक्रबार 1:10 am
Banner

राज्य व्यवस्था समितिमा गृहमन्त्रीले तीनकुने घटनाको जवाफ दिने

सूचना प्रेस २०८१ चैत्र २१ शुक्रबार ००:००, ०७:२३ बजे १ मिनेट पढाइ

काठमाडौं। संघीय संसद अन्तर्गतको तीन समितिको बैठक बस्दैँछ । संसद सचिवालयका अनुसार तीनै समितिको बैठक सिंहदरवारस्थित संसद सचिवालय परिसर, सिंहदरवारमा बस्नेछ ।

जसअनुसार अर्थ समितिको बैठकमा आगामी आ.व.२०८१/८२ को बजेट सम्बन्धमा अर्थ मन्त्रालयसँग छलफल गरिनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।

​गत चैत १५ गते राजावादीको प्रदर्शनमा काठमाण्डौको तीनकुनेमा मिति २०८१ चैत्र १५ गतेको घटनाका सम्बन्धमा गृह मन्त्रालयसँग छलफल गर्न राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बोलाइएको छ । सो बैठक पनि बिहान ११ः०० बजे बस्नेछ । उता, विधायन व्यवस्थापन समितिमा भने पुरानै अजेन्डा पानीजहाज  (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजेवाट सुरू हुनेछ ।