काठमाडौं– चुनावी चटारोबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पोखराको सभालाई सम्बोधन गर्नुभयो । मेयर उम्मेदवार कृष्ण थापा र उपमेयर उम्मेदवार मन्जुदेवी गुरुङसहित ३३ वटा वडाध्यक्षमै एमालेलाई जिताउँन आग्रह गर्दै अध्यक्ष ओली चुनावी सभामा पुग्नुभएको हो ।
सभालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, संगठन विभाग प्रमुख खगराज अधिकारी, सांसद विद्या भट्टराई लगायतका नेताहरुले पनि सम्बोधन गरेका छन् । एमालेले पोखरामा गठबन्धनभन्दा ठूलो मास जम्मा गरेर शक्ति प्रदर्शन समेत गरेको छ ।