४ आश्विन २०८१, शुक्रबार 1726846806
Banner

मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेका छन्, मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु हुन्न: अध्यक्ष ओली

पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन निर्वाचनमा भोटले जित्नेभन्दा पनि मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेको बताउनुभएको छ । सोमबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा मतगणना नसकिएसम्म नसुत्न निर्देशन दिदै गठबन्धन भोटले भन्दा मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेकोले चुनाव हराउन सक्ने बताउनुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धनले भोटले जित्ने होइन । त्यसैले यिनीहरुले मतपत्र च्यात्ने, चपाउने र निल्ने बानी परेका छन् । भरतपुरमा पहिले त्यसै गरेका हुन् । त्यसैले हाम्रा साथीहरु मतदानको गणना नसकिएसम्म तपाईंहरु सुत्न हुन्न । पशुपतिमा एउटा बाँदर आउँछ र टोकरी खोस्छ यहाँ त पाँचवटा बाँदरहरु छन् । मतपेटिकालाई आँखाबाट ओझेलमा पर्न दिनु हुन्न ।’ गठबन्धनले धाँधली गर्न सक्ने बताउँदै त्यसतर्फ सचेत रहन उहाँले कार्यकर्तालाई चनाखो हुन आग्रह गर्नुभएको छ ।