३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 9:38 pm
राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

सूचना प्रेस २०८२ बैशाख १० बुधबार ००:००, १६:४४ बजे १ मिनेट पढाइ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ । १८ वैशाखदेखि बोलाइएको केन्द्रीय समितिको बैठक स्थगित गरिएको छ भने नयाँ मिति तोकिएको छैन । कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार संसद बैठक आह्वन भएकाले केन्द्रीय समितिको बैठक स्थगित गरिएको हो ।

पौडेलले भने, ‘संसद बैठक आव्हान भएको छ । केन्द्रीय सदस्यहरु सांसद पनि हुनुहुन्छ । पार्टी बैठक र सदन एकैपटक परेको हुँदा स्थगित गर्नुपरेको हो।’ कांग्रेसको विधान अनुसार प्रत्येक २ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्दछ । विधान अनुसार २÷२ महिनामा केन्द्रीय समितिको बैठक बस्ने गरेको भने छैन।