४ आश्विन २०८१, शुक्रबार 1726848867
पालिका

टोखा– २ मा मेरो जित निश्चित छ : उम्मेदवार श्रेष्ठ

काठमाडौं । यही बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि काठमाडौं टोखा नगरपालिका– २ मा एमालेबाट उम्मेदवार ध्रमेन्द्र श्रेष्ठले विभिन्न विकासका योजना अघि सारेर चुनावी मैदानमा होमिएका छन् ।

उनले यस निर्वाचनमा चुनाव जितेपछि सार्वजनिक जग्गामा वृक्षारोपण तथा पार्क निर्माण, फोहर मैलारहित खोला व्यवस्थापन, वस्तीमा असर हुने तथा प्रदुषण हुने कलकारखाना ढल वस्तीभन्दा बाहिर व्यवस्थापन गर्ने, वनजंगल संरक्षण गर्नेलगायतका योजना अघि सारेर चुनावमा होमिएको श्रेष्ले बताए ।

त्यस्तै, उनले प्रतक्ष तथा अप्रत्यक्ष आउने वडावासीहरुको सेवामा समर्पित भएर लागिपर्ने बताए । उक्त वडामा सडक बाटो तथा ढल, खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात लगायतमा सुधार गर्ने उम्मेदवार श्रेष्ठले बताए ।

त्यस्तै, उनले खेलकुद, संस्कृति, पर्यटन प्रवर्धन, युवा सरोकार, मातृभाषा संरक्षण, खेलकुद क्षेत्र, अपांगता भएका व्यक्तिहरुको लागि पनि समर्पित भएर सेवा दिने प्रतिबद्धता जनाए । साथै, उनले आफ्नो पक्षमा उक्त वडाका जनातको साथ पाएकाले चुनाव जित्ने निश्चित भइसकेको समेत दाबी गरे ।