२ मंसिर २०८३, बुधबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
२ मंसिर २०८३, बुधबार 8:52 am
Banner

प्रचण्डले शिक्षकलाई उक्साएको हर्क साम्पाङको दाबी

सूचना प्रेस २०८२ बैशाख १६ मंगलबार ००:००, ०९:१८ बजे १ मिनेट पढाइ

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकलाई उक्साएको दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै साम्पाङले प्रचण्डले आन्दोलन गरिरहन शिक्षकलाई उक्साइरहनुले के संकेत गर्छ ? भन्दै प्रश्न गरेका हुन् । साथै, उनले प्रधानमन्त्री भइसकेका प्रचण्डले अझै स्कूलहरु बन्दको बन्द रहिरहोस् भन्ने कामना गरेको कटाक्ष गरेका छन् ।

साम्पाङले भनेका छन्–
प्रचण्डले आन्दोलन गरिरहन शिक्षकलाई उक्साइरहनुले के संकेत गर्छ ? एउटा प्रधानमन्त्री भैसकेको मान्छेले अझै स्कूलहरु बन्दको बन्द रहिरहोस भन्ने कामना गर्नु पनि ! वार्ता खोज है मूर्ख वार्ता !