३ जेष्ठ २०८३, आइतबार 1779053959
विश्व

क्यानडाको निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको सत्तारुढ दल विजयी

काठमाडौं । क्यानडामा सम्पन्न संघीय संसदको निर्वाचनमा प्रधानमन्त्री मार्क कार्नीको सत्तारुढ दल विजयी भएको छ ।

३४३ सदस्यीय ससदमा लिबरल पार्टीले बहुमत ल्याउँछ कि ल्याउँदैन त्यो भने अझै अनिश्चित रहेको छ ।

Canadian Prime Minister Mark Carney arrives on stage at his campaign headquarters after the Liberal Party won the Canadian election in Ottawa on Tuesday, April 29, 2025. (Justin Tang/The Canadian Press via AP)

गत मार्च महिनामा प्रधानमन्त्री जस्टीन ट्रुडो र उहाँको दल लिबरल पार्टीको लोकप्रियता खस्किएपछि ट्रुडोले राजीनामा दिनुभएको थियो ।

निर्वाचनको परिणाम सार्वजनिक भएपछी बोल्दै प्रधानमन्त्री कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनैपनि हालतमा क्यानडालाई विभाजित गरी टुक्रयाउने काम सफल नहुने बताउनुभयो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले शपथ ग्रहण गरेपछि क्यानडालाई ५१ औँ राज्य बनाउने बताउँदै आइरहेका समयमा भएको निर्वाचनमा लिबरल पार्टी विजयी भएको हो ।