३ आश्विन २०८१, बिहिबार 1726783455
खेलकुद

बार्सिलोनासँग सेल्टा भिगो पराजित, औवामियाङको दुई गोल

काठमाडौँ – पिएरे इमरिक औवामियाङको दुई मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत मंगलबार राति सेल्टा भिगोलाई ३(१ अन्तरले पराजित गरेको छ ।

घरेली मैदान नोउ क्याम्प क्याटलान क्लब बार्सिलोनाको जितमा औवामियाङले दुई गोल गर्दा मेम्फिस डिपाएले एक गोल गरे । सेल्टाको लागि लागो आस्पासले सान्त्वना गोल फर्काए ।जितसँगै बार्सिलोनाको ३६ खेलबाट ७१ अंकसहित दोस्रो स्थानमा छ । पराजित सेल्टा ४३ अंक जोडेर ११औँ स्थानमा छ ।

ला लिगाको च्याम्पियन भने रियल म्याड्रिड बनिसकेको छ । बार्सिलोनाको दोस्रो स्थानमा रहेर लिग टुंगाउने सम्भावना उच्च छ ।