१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 2:23 am
विश्व

भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ

सूचना प्रेस २०८२ बैशाख २६ शुक्रबार ००:००, १०:४६ बजे १ मिनेट पढाइ

नयाँ दिल्ली । भारतका पञ्जाब, जम्मू कश्मीर, लद्दाख, गुजरात, राजस्थान र हिमाचल प्रदेशका २४ विमानस्थलहरू नागरिक सेवाका लागि बन्द गरिएका छन् । नागरिक उड्डयन सुरक्षा ब्यूरो (बीसीएएस) ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन दिएको हो।

निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको सेकेन्डरी ल्याडर पोइन्ट चेकिङ (एसएलपीसी) गरिनेछ। टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ। त्यस्तै एयर मार्सलहरू पनि तैनाथ गरिने भनिएको छ।

एयर इन्डियाले बीसीएएसलाई उद्धृत गर्दै अब घरेलु यात्रुहरूले तीन घण्टा अगाडि विमानस्थल पुग्नुपर्नेछ र चेक-इन ७५ मिनेट अगाडि बन्द हुने सामाजिक सञ्जाल एक्समा जानकारी दिएको छ ।