५ आश्विन २०८१, शनिबार 1726909004
Banner

मतदान गर्न घर फर्किनेको संख्या बढेपछि बसपार्क क्षेत्रमा घुँइचो

काठमाडौं । स्थानीय तह निर्वाचनमा मतदान गर्न घर फर्किनेको संख्या बढेको छ । वैशाख ३० गते (भोलि)हुने निर्वाचनका लागि घर जानेको संख्या बढ्दा काठमाडौंबाट बाहिरिने नाकामा सवारीको चाप बढेको छ । सवारी साधनको चाप उच्च भएकाले क्युमा बसेर सवारी बाहिरिरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरीले जनाएको छ ।

कोटेश्वरबाट जडीबुटी हुँदै भक्तपुरतर्फ बाहिरिने सवारी साधन र नयाँ बसपार्कबाट बाहिरिने सवारीसाधन क्युमा चलिरहेका प्रहरीले जनाएको छ ।

मतदानका लागि ठूलो संख्यामा सवारी साधन बाहिरिँदा काठमाडौं उपत्यकामा रुटमा नियमित चल्ने सार्वजनिक सवारीको संख्या भने घटेको छ ।