३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 10:43 am
समाचार

नारायणगढ–मुग्लिङ सडकखण्डमा दुई ट्रक आपसमा ठोक्कियो, ७ जना घाइते

सूचना प्रेस २०८२ जेष्ठ ८ बिहिबार ००:००, १०:४५ बजे १ मिनेट पढाइ

चितवन, ८ जेठ । चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत भरतपुर–२९ गाईघाटमा दुई वटा ट्रक एकआपसमा ठोक्किँदा ७ जना घाइते भएका छ ।

आज बिहान नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६२८७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ९८९७ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा ट्रक चालकसहित ७ जना घाइते भएका हुन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

यस्तै, दुवै सवारीसाधनको अगाडिको भागमा क्षति भएको छ । दुर्घटनापछि केहीबेर अवरुद्ध बनेको सडक अहिले पूर्णरूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।