२४ बैशाख २०८३, बिहिबार 1778175094
विश्व

ट्रम्पले आल्मुनियम आयात शुल्क पुर्‍याए ५० प्रतिशत

काठमाडौँ : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार, जुन ४ देखि स्टिल र आल्मुनियम आयात कर २५ प्रतिशतबाट बढाएर ५० प्रतिशत पुर्‍याउने घोषणा गरेका छन्।

पेन्सिलभेनियाको पिट्सबर्गमा आयोजित र्‍यालीमा ट्रम्पले यो कदमले स्थानीय स्टिल उद्योग र राष्ट्रिय उत्पादनलाई बढावा दिने र चीनप्रतिको निर्भरता घटाउने बताए।

ट्रम्पले अमेरिकी स्टिल र जापानको निप्पोन स्टिलबीचको साझेदारीले यस क्षेत्रको स्टपल उत्पादनमा १४ अर्ब डलर लगानी गर्ने जानकारी पनि दिए। तर साझेदारीको विवरण अस्पष्ट छ भने दुवै कम्पनीले अझै सम्झौता पुष्टि गरेका छैनन्।