४ आश्विन २०८१, शुक्रबार 1726867800
राजनीति

११३ वर्षीया अधिकारीले गरिन् मतदान 

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिकाकी ११३ वर्षीया महेश्वरा अधिकारीले मतदान गरेकी छन् ।

आज बिहान उनले सुन्दरहरैँचा–७ स्थित पञ्चायत मावि केन्द्रबाट मतदान गरेकी हुन् । केन्द्रमा पहिलो मत नै अधिकारीले खसालेपछि मतदान सुरु गरिएको थियो ।

पञ्चायतकलदेखिका धेरै निर्वाचनमा मत हाल्न पाउनु आफ्नो सौभाग्य भएको अधिकारीले बताइन् ।

उनी परिवारका सदस्यको सहयोगमा अटोरिक्सामा चढेर मतदान केन्द्रसम्म पुगेकी थिइन् । उनका नाति खेम केसीले हजुरआमाको उमेर ११३ वर्ष पुगेको र अहिले पनि स्वास्थ्य राम्रो रहेको बताए ।