१ जेष्ठ २०८३, शुक्रबार 1778905614
Banner

स्याङ्जा दुर्घटना अपडेट, भोट हाल्न हिडेका १४ जनाको मृत्यु

काठमाडौं :  स्याङ्जाको वालिङमा  जिप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

वालिङ नगरपालिका- १४ को अर्खलाबासमा जिप दुर्घटनामा परेको हो। ग २ च ३०२६ नम्बरको जिप दुर्घटनामा परेको र १४ जनाको निधन भएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले जानकारी दिए। मतदाता बोकेर मतदान केन्द्रतिर जादैँ गरेको जिप दुर्घटनामा परेको पौडेको भनाइ छ। 

‘१४ जनाको मृत्यु पुष्टि भइसकेको छ। अन्य केही घाइते को विस्तृत विवरण आउन बाँकी छ।’ 

जिप करिब ५०० मिटर तल खसेर दुर्घटनामा परेको प्रजिअ पौडेलले बताए।