३ मंसिर २०८३, बिहिबार Thursday, 19 November 2026
हामीलाई पछ्याउनुहोस्
३ मंसिर २०८३, बिहिबार 1:59 pm
समाचार

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

सूचना प्रेस २०८२ जेष्ठ २८ बुधबार ००:००, १६:१९ बजे १ मिनेट पढाइ

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।

आज पनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि संसद चल्न सकेन । बैठक सुरू हुने बित्तिकै प्रतिपक्ष दलका सांसदहरूले उठेर अवरोध जनाएपछि बैठक चल्न नसकेको हो ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठनको माग गर्दै विपक्षी दलहरूले जेठ १३ गतेबाट निरन्तर संसद अवरोध गर्दै आएका छन् ।