काठमाडौं । ललितपुरको मानभवनमा मोटरेबल ब्रिज एक्जिबिशन सुरु भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास विभागले स्वीस सरकार विकास सहयोग एसडीसीसँगको सहकार्यमा एक्जिबिशनको आयोजना गरेको हो ।

सन् २०११ मा नेपाल सरकार र स्वीस सरकारबीच तत्कालिन स्थानीय सडक र अहिले प्रदेश सडकमा बनिने मोटरेबल पुल निर्माणमा आवश्यक प्राविधिक सहयोग दिने दुई पक्षीय सम्झौता भएको थियो ।
त्यो समयदेखि नै स्वीस सरकारको तर्फबाट स्थानीय पुल सडक ईकाइले प्राविधिक सहयोग लिँदै आएको ईकाइका टोली नेता सकिल मानन्धरले जानकारी दिए । सम्झौतादेखि अहिलेको अवधिसम्म पुल बनाउँदा के कस्ता कार्यहरु गरियो भनेर प्राविधिक पक्षलाई देखाउने एक्जिबेशनको उद्धेश्य रहेको छ ।
लुम्बिनी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रदेश सचिव भिमार्जुन पाण्डेका अनुसार स्वीस सरकारसँग गरिएको सम्झौताको यो अन्तिम वर्ष हो ।यो समायावधिमा केके सिकियो, कस्तो कस्तो पुलहरुको निर्माण भयो, ती पुलहरु बनाउँदा क्लाइमेट चेन्जले के कस्ता समस्याहरु सिर्जना भए र निर्माणाधीन अवस्थामै पनि डिजाइन परिवर्तन गनुपर्दा अपनाइने उपायहरु लगायतलाई समावेश गरेर एक्जिबिशनमा प्रिजेन्टेसन पनि गरिएको सचिव पाण्डेले बताए ।
त्यस्तै, स्थानीय पूर्वाधार विभाग, सडक तथा पुल शाखा प्रमुख भरत कुमार यादवले यो एक्जिबिशनले भोलि यही क्षेत्रमा काम गर्न चाहनेहरुका लागि ठूलो मद्दत पुग्ने जानकारी दिए । यो एक्जिबिशनबाट पुल निर्माण सम्बन्धि धेरै ज्ञान पाउन सकिने भएकाले सम्भव भएसम्म भिजिट गर्न सबैलाई उनले आग्रह गरे ।


