१ मंसिर २०८३, मंगलबार Wednesday, 18 November 2026
हामीलाई पछ्याउनुहोस्
१ मंसिर २०८३, मंगलबार 1:50 am
Banner

ताप्लेजुङको मेरिङदेन–६ मा एमालेको प्यानल विजयी

सूचना प्रेस २०७९ बैशाख ३१ शनिबार ००:००, १२:०२ बजे १ मिनेट पढाइ

काठमाडौं । स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका –६ नम्बर वडामा नेकपा (एमाले)को प्यानलन विजयी भएको छ ।

नेपाली कांग्रेसका उम्मेदवारलाई १३२ मतले पछि पार्दै एमालेको प्यानल विजयी भएको हो ।

एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तुम्बाहाम्फेले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गरेका छन् । तुम्बाहाम्फेले ४५६ मत प्राप्त गरेका थिए । प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत प्राप्त गरेका थिए ।

१३२ मतले लिम्बू पराजित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । त्यस्तै सदस्य पनि एमालेका उम्मेदवार विजयी भएसँगै मेरिङदेनको ६ नं वडामा प्यानलनै एमाले पार्टीले विजय प्राप्त गरेको हो ।